डेम्बेले फेरी पनि चोटग्रसित

बार्सिलोनाका स्टार फोवार्ड डेम्बेले फेरी पनि चोटग्रसित भएका छन् भने उनि दुई हप्ता मैदान बाहिर हुने छन्। उनको दाँया खुट्टामा ह्यामस्ट्रिंगको समस्या भएको बार्साले खुलाएको थियो।

क्याडिजसँगको २–१को हारमा उनि चोटग्रसित हुने पुगेका थिए। उक्त खेलमा उनि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेस गरेका थिए।

उनको चोट १० दिनमा निको हुने भए पनि उनको पुरानो चोटहरुको कारण सावधानीको रुपमा उनि दुई हप्ता मैदान बाहिर हुने छन्।

डेम्बेलेको प्रदर्शन रोनाल्ड कोम्यानको नेतृत्वमा राम्रो रहेको छ र क्लब संग उनको सम्झौता २०२२मा अन्त्य हुने छ र कोम्यान उनि संग सम्झौता
विस्तार गर्न इच्छुक रहेका छन्।