“डेम्बेलेको निर्णयले मलाई निराशा बनायो”

ला लिगा क्लब बार्सिलोनाका स्टार विंगर डेम्बेले क्लब छोडेर फ्रेन्च क्लब पिएसजीमा गएका छन् भने उनको उक्त निर्णयले बार्साका कोच जाभी खुसी छैनन् र उनको निर्णयले आफू निराशा बनेको पनि जाभीले दाबी गरे।

फ्रेन्च क्लब पिएसजीले बार्साका स्टार विंगरलाई €५० मिलियनमा साइन गरेको हो तर उनलाई बेच्न बार्सा अनिच्छुक रहेको बेला डेम्बेलेले क्लब छोड्ने अडान राखे पछि बार्सा उनलाई बेच्न बाध्य भएको हो जाभीले हाल सो वारे मुख खोलेका छन्।

“म यहाँ आएदेखि नै हामीले डेम्बेले माथि धेरै भरोसा राखेका थियौ र यो ठुलो निराशाजनक भएको छ। हामी डेम्बेलेलाई आफ्नो टिममा धेरै चाहन्छौँ र हामीसँग ठुलो परियोजना छ।- बार्सा कोच जाभीले डेम्बेलेको प्रस्थान वारे बोल्दै भने।

जाभीले डेम्बेले “राम्रो मान्छे” रहेको र उनलाई क्लबले निकै मायाको साथ व्यवहार गरिएको पनि दाबी गरे।

“यो उनको निर्णय थियो र हामीले यसलाई स्वीकार्यौं,” प्रशिक्षकले थपे।

डेम्बेले २०१७मा बार्सामा आएका थिए तर बार्सामा उनको जीवन सोचे अनुरूप रहेन र धेरै जस्तो समय उनी चोट ग्रसित हुन पुगे।

बार्साको लागि उनले १८५ खेल खेलेका छन् र सो क्रममा उनले स्पेनिस क्लबको लागि ४० गोल र ४३ असिस्ट गरेका छन्।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ