डेम्बेले एम्बापे भन्दा उत्कृष्ट रहेको लापोर्टाको भनाइ

एजेन्सी, स्पेनिश क्लब बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले उस्मान डेम्बेले फेन्च क्लब पि.एस.जिका खेलाडी किलियन एम्बापे भन्दा उत्कृष्ट रहेको दाबी गरेका छन्। रिपोर्टका अनुसार बार्सिलोना डेम्बेलेलाई क्लबमा नै राख्न चाहन्छन्।

फ्रेन्च खेलाडी डेम्बेले २०२२ सम्म बार्सिलोनामा अनुबन्ध छन्। उनी न्युकासल र म्यान्चेस्टर युनाइटेडमा अनुबन्ध हुन सक्ने अनुमान पनि लगाइएको छ।