डेम्बेलेलाई बार्साको चेतावनी

हाल ला लिगा क्लब डेम्बेलेको व्यवहारबाट खुसी नरहेको खबर छ। डेम्बेलेले बार्साको नयाँ सम्झौताको प्रस्ताव स्वीकार गरेका छैनन् र सो कारण उनी २०२२मा फ्री एजेन्टमा क्लब छोड्न सक्ने सम्भावना रहेको छ जसको कारण बार्सालाई हालको आर्थिक अवस्थामा ठुलो घाटा हुने छ।

सिजन सुरु हुन अगाडी डेम्बेलेलाई बार्साले बेच्न प्रयास गरेको थियो तर डेम्बेलेले अन्तिम समयमा बार्सा मै बस्ने निर्णय लिए त्यो समय पनि बार्सा डेम्बेले सँग आक्रोशित बनेको थियो भने हाल नयाँ सम्झौताको कुरामा पनि बार्सा उनी सँग खुसी छैन।

बार्सा उनलाई सम्झौता दिन तयार रहे पनि डेम्बेलेले सो प्रस्ताव अहिले सम्म स्वीकार गरेका छैनन् र बार्साले उनलाई हाल चेतावनी दिएको खबर छ।

नयाँ प्रस्ताव स्वीकार नगरे हालको ट्रान्सफर विन्डोमा उनलाई बार्साले बेच्ने जानकारी छ भने यो ट्रान्सफर विन्डोमा पनि उनले क्लब नछोडे सिजन भरि उनलाई टिममा नराख्ने बार्साको चेतावनी रहेको छ।

जनवरी २०२२ देखि उनी अन्य क्लब सँग फ्री एजेन्टमा जान वार्ता गर्न स्वतन्त्र हुने छन् भने बार्सा उनलाई फ्री एजेन्टको रुपमा गुमाउन चाहँदैनन्। यो विन्डोमा क्लब छोड्न वा नयाँ सम्झौता गर्न बार्साको डेम्बेले प्रति माग रहेको छ।