डेम्बेलेको युरो यात्रा समाप्त, जर्मन स्टार फरवार्डले समुहको अन्तिम खेल गुमाउने

एजेन्सी, फ्रान्स विङ्गर ओस्माने डेम्बेले युरो २०२० को बाकी खेल गुमाउने भएको छ। हंगरीबिरुद्ध चोट बोके पछि उन्को युरो यात्रा समाप्त भएको हो।

२४ बर्षिया विङ्गर एड्रिएन रोबेओटको स्थानमा ५४ औं मिनेटमा मैदान प्रवेश गरेका थिए। खेलको ८६ औं मिनेटमा चोट बोके पछि उन्लाइ थोमस लेमारले प्रतिस्थापन गरेका थिए।

उनि घाइते भएको पछि फ्रान्स टोलिलाई धक्का पुगेको छ। जर्मनीबिरुद्ध अन्तिम मिनेट खेलेका डेम्बेले हंगरीबिरुद्ध २२ मिनेट मैदानमा रहेका थिए।

डेम्बेले डर्ट्मुण्डबाट बार्सिलोना अनुबन्धित भए देखि चोटको चपेटामा परेका छन। उनी २०१७ अगस्टमा £१३५.५ मिलियनमा बार्सिलोना गएका थिए।

गत सिजन सबै प्रतियोगितामा सहभागी जनाउदै ४४ खेल खेल्दा ११ गोल गर्न सफल रह्यो।

त्यस्तै यसै समुहमा रहेको जर्मनीका लागि मुलरले समुहको अन्तिम खेल खेल्ने छैनन्। समुहको अन्तिम खेल उन्ले गुमाउने भएको छ। घुडाको चोटका कारण उनि मैदानमा उत्रिने छैनन।

जर्मनीले पोर्चुगल माथि ४-२ गोल अन्तरले हराएको थियो। उक्त खेलमा उनी घाइते हुन पुगे। यद्यपि, उन्को फर्किने मितिको टुंगो लागेको छैन।

मुलरसंगै म्याट हमेल्स, गुन्डोवान र क्लोस्टरमन हंगेरीबिरुद्ध खेल्ने निस्चित छैन। सबै जना सोमबार प्रशिक्षणबाट बाहिर बसेका थिए।

ग्रुप अफ डेथ मानिएको यस समूहको अन्तिम खेलमा पोर्चुगलले फ्रान्ससंग भिड्ने छ भने जर्मनीले हंगेरीबिरुद्ध खेल्ने छ।