डेभिड सिल्भाले अर्को सिजन पछि म्यान्चेस्टर सिटी छाड्ने पक्का

डेभिड सिल्भाले म्यानचेष्टर सिटी कल्ब छाड्नेभएका छन् । सिल्भाले २०१९–२० सिजनको अन्त्यमा क्लब छाड्ने भएका हुन् ।

संचार माध्यमका अनुसार कल्बले उनलाई थप दुई बर्ष कल्बमा रहन अग्रह गरेको थियो । तर उनले सिटीमा नबस्ने बताए ।

‘१० वर्ष पर्याप्त छ । यो छाड्न उपयुक्त समय हो’ सिल्भाले भनेका छन् ।

२०१० मा सिटी आएका ३३ वर्षीय स्पेनिस सिल्भाले ३९५ खेल खेलेका छन् र ४ प्रिमियर लिग, २ एफए कप र ४ लिग कपको उपाधि जितेका छन् ।