डेभिड लुइजले अर्सेनल छोड्ने

ब्राजिलका सेन्टर-ब्याक डेभिड लुइजले यस गर्मीमा आर्सेनल छोड्ने खबर छ। बीबीसी स्पोर्टका अनुसार ३४ वर्षका डिफेन्डरले शुक्रवार क्लबका अधिकारीहरूसँग भेट गरे र अर्सेनल सँग उनको सम्झौता विस्तार नहुने खबर छ। उनले दुई वर्ष पछि एमिरेट्स स्टेडियममा सम्बन्ध तोड्ने निर्णय गरेका छन्।

लुइजले यस सिजन ३० खेल खेलेका छन् तर गनर्सले अब दीर्घकाल भविष्यतिर हेर्ने खबर छ। यो सिजन अर्सेनलको निकै खराब फम रहेको छ। पूर्व पेरिसको पेरिस सेन्ट जर्मेन र चेल्सी डिफेन्डरको नयाँ गन्तव्य कुन हुने बारे हाल खुलासा भएको छैन।

लुइज, २०१९को अगस्टमा लन्डनका प्रतिद्वन्द्वी चेल्सीबाट £९ मिलियनमा अर्सेनल आएका थिए, आर्सेनलमा उनले अन्तिम तीन खेलहरू ह्यामस्ट्रिंगको चोटको कारण गुमाएका छन्।

अर्सेनलले उनी सँग सम्झौता विस्तार नगर्ने निर्णय गर्दै नयाँ डिफेन्डर साइन गर्ने योजना बनाएको पनि जानकारी छ। यो सिजन अर्सेनलको निकै खराब रहेको छ भने अर्को सिजन गनर्स युरोपियन प्रतियोगिता बिहिन हुने क्रममा रहेको छ।