“डेभिड दे हेया विश्वको सबैभन्दा उत्कृष्ट गोलकिपर हुन्”

म्यानचेस्टर युनाइटेडका प्रबन्धक ओले गुन्नार सोल्सजारको विश्वास छ कि डेभिड दे हेया विश्वको सबै भन्दा उत्कृष्ट गोलकिपर हुन् भनेर।

२९ बर्सका गोलकिपरको शुक्रबार टोटेनह्याम बिरुद्धको खेलको प्रदर्शनको लागि तीव्र आलोचना भएको थियो।

रोय कीनले पनि गोलकिपर उक्त खेल पछि धेरै आलोचना गरेका थिए।

तर युनाइटेडका कोच विश्वास गर्छन कि डेभिड दे हेया विश्वको सर्वश्रेष्ठ गोलकीपर हुन् र उनी प्रशिक्षणमा उनको कामबाट खुसी छन्।

“डेभिड संसारका सर्वश्रेष्ठ गोलकिपर हुन्,” उनले भने।

“उनले हाम्रो लागि खेलेको अन्तिम सात खेलमा दुई गोल खाए। खेलहरू सिटि, चेल्सीसंग, अवश्य पनि टोटेनह्याम, एभर्टनको विरुद्ध थिए।

“एभर्टन संगको गोल अप्रत्याशित थियो। यो, उनले त्यो सेभ गर्न सक्दैन।

“उनले ठूलो सेभ गर्छन, हाम्रो लागि खेल जित्न मदत गर्छन र म अझै पनि सोच्छु कि उनि विश्वको सर्वश्रेष्ठ गोलकिपर हुन्।