डेभिड डे हेया म्यान्चेस्टर युनाइटेड छोड्ने- यी ३ क्लब मध्ये एक हुन सक्ने उनको नयाँ गन्तव्य

म्यान्चेस्टर युनाइटेडका स्टार गोलकिपर डेभिड डे हेयाले क्लब छोड्ने चर्चा रहेको छ। खबर अनुसार म्यान्चेस्टर युनाइटेड उनलाई बेच्न खुल्ला हुने छ र उनी माथि अन्य क्लबहरूको निगरानी सुरु भएको छ।

३० वर्षका स्पेनिस गोलकिपरको हाल युनाइटेडमा खेल राम्रो हुन सकेको छैन। उनको प्रति हप्ताको तलब £३५०,००० रहेको छ र उनलाई बेचेर आफ्नो तलब खर्च कम गर्न युनाइटेड इच्छुक रहेको खुलेको छ। युनाइटेडमा डीन हेंडरसनको राम्रो प्रदर्शन रहेको बेला उनले डेभिड डे हेयाको ठाउँ लिन सक्ने युनाइटेडको विश्वास छ।

उनलाई साइन गर्न हाल ३ क्लब इच्छुक रहेको जानकारी छ। खबर अनुसार फ्रेन्च क्लब पिएसजी, ला लिग क्लब एलेटिको म्याड्रिड र नाम नखुलेको इटालियन क्लबको नजर उनी माथि रहेको छ।

डेभिड डे हेया पनि क्लब छोड्न इच्छुक हुने खबर छ। उनको लागि युनाइटेडले £४० मिलियनको माग गर्ने खबर छ।