डेभिड डे हेयाले खेलमा फेरी ‘हाई प्रोफाइल मिस्टेक’ गरे पछि, युक्रेनले स्पेनको बिरूद्ध विजयी गोल गर्न सफल भएको थियो।
De Gea’s ass I swear pic.twitter.com/LxwkLa2Zpq
— #10 (@HersheyBaller) October 13, 2020
म्यानचेस्टर युनाइटेडका स्टार गोलकिपरको प्रदर्शन २०१८ विश्वकप पछि नराम्रो हुन गएको धेरैको विश्वास छ। उनले केहि समय देखि युनाइटेडको खेलमा पनि धेरै ठुलो गल्ती गरेका थिएनन् भने राष्ट्रिय टिममा पनि उनको खेल ठिकै थियो तर युक्रेनले बिरुद्धको खेलमा उनको गल्तीको कारण स्पेन हार्न पुग्यो र उनको धेरै आलोचना भएको छ।
De Gea hasn’t been the same since the Hatrick to be honest 😭 pic.twitter.com/1tePPNduj0
— Kamo (@OkayKamo) October 13, 2020
उक्त खेलमा युक्रेनको खेलाडीहरु आक्रमणको क्रममा अगाडी बढेको बेला डेभिड डे हेया गलत समयमा धेरै अगाडी बढे र अफ-पोजिसन हुन पुगे र युक्रेनले सजिलो संग गोल गरे भने उक्त शत सेभ गर्न डे हेयाको लागि असम्भव रह्यो।
De Gea has been ruined by Maguire, here he is trying to cover CB and forgetting he’s supposed to be in goal 😭 pic.twitter.com/vvW4bDWVvD
— BenchWarmers (@BeWarmers) October 13, 2020
फलस्वरूप युक्रेन संग स्पेन १-०ले हार्न पुग्यो। सो खेल पछि डेभिड डे हेयाको धेरै आलोचना भएको छ भने सामाजिक संजालहरुमा उनको मिम र ट्रोलहरु आउने क्रम जारी छ।