डेभिड डे’ हेयाले क्लब छोड्न सक्ने भए पछि म्यान्चेस्टर युनाइटेड नयाँ गोलकिपरको खोजिमा

म्यान्चेस्टर युनाइटेड नयाँ गोलकिपरको खोजिमा रहेको खबर छ डेभिड डे’ हेयाले युनाइटेड संग नयाँ सम्झौतामा साइन गरेको छैन र उनले क्लब छोड्न सक्ने भए पछि युनाइटेड नयाँ गोलकिपरको खोजिमा रहेको हो।

The Sunको अनुसार डे’ हेया र क्लब नयाँ सम्झौतामा आउन सकेको छैन र धेरै पटक बातचीत भए पनि केहि सम्झौता नभए पछि युनाइटेडले उनलाई आउँदो ट्रान्सफर विन्डोमा बेच्न सक्ने छन्।

डे’ हेयालाई क्लबमै राख्ने इच्छा भए पनि उनि नयाँ सम्झौता नआए पछि उनको महँगो तलबको कारण क्लबले उनलाई बेच्ने खबर छ।

खबर छ कि नयाँ गोलकिपर साइन गर्न म्यान्चेस्टर युनाइटेडले अध्ययन गर्दै छ र एलेटिको म्याड्रिडका ओब्लाक र डायनामो जेग्रेबका डोमिनिक लिवाकोविचमा युनाइटेडको नजर छ।