डेब्यू खेलमै प्रिमियर लिग रेकर्ड बनाउन सफल लिभरपूलका नयाँ स्टार

लिभरपूलका नयाँ स्टार मिडफिल्डर थिएगो अल्कान्ट्राले आफ्नो पहिलो ४५ मिनेटमु प्रिमियर लिगको रेकर्ड तोड्न सफल भएका छन्।

£२५ मिलियनमा बायर्न म्युनिखबाट लिभरपूल आएका मिडफिल्डरले चेल्सी बिरुद्धको खेलको दोस्रो हाफमा आफ्नो डेब्यू गरे। दोस्रो हाफ सुरु हुँदा सम्म खेल ०-०मा रहेको थियो तर उनले आफ्नो नयाँ टिमलाई खेल २-०ले जित्न मद्दत गरे। सो क्रममा उनि प्रिमियर लिग रेकर्ड तोड्न सफल भए।

ओप्टाका अनुसार थिएगो अल्कान्ट्राले अन्य चेल्सीका खेलाडीहरू भन्दा बढी पास मात्र गरेनन तर ४५ मिनेट भित्र ७५ सफल पासहरू दिए जुन एक रेकोर्ड हो।

खेलमा उनको निकै राम्रो प्रदर्शन रह्यो ४५ मिनेट मात्र खेलेका उनले खेलमा धेरै योगदान रहेको थियो भने उनि धेरै सक्रिय थिए।