डेब्यूमा सन्दीपले गरे उत्कृष्ट प्रदर्सन, तर हार बाट जोगाउन सकेनन्

इन्डियन पिमियर लिग आईपीएलको ४५ औँ खेलमा दिल्ली डेयर डेभिल्स रोयर च्यालेन्जर बेङ्लोरसँग ५ विकेटले पराजित भएको छ । १८२ रनको लक्ष्य पक्ष्याएको बेङ्लोरले ६ वल अगाडी ५ विकेटको क्षतिमा १८७ बनायो ।

यता डेव्यूमै उत्कृट बलिङ गरेका सन्दीपले ४ ओभरमा मात्र २५ रन दिएर १ विकेट लिए । उनले १० बल डट खुवाए भने ६.२५ को औसतमा बलिङ गरे । सन्दीपले एवि डेभिलियर्स विराट कोहलीलाई १५ बल गरेका थिए ।

यो टी २० क्रिकेटमा निकै किफायती र उत्कृष्ट बलिङ मानिन्छ । बेङलोरलाई जिताउन कप्तान विराट कोहलीले ७० बनाएर आउट भए भने एवि डेभिलयर्सले नट आउट ७२ रन बनाए । यस अघि निर्धारित २० ओभरमा दिल्लीले ४ विकेटको क्षतिमा १८१ रन बनाएको थियो ।

दिल्लीका लागि कप्तान श्रेयस अय्यरले ३२, रिषव पन्त ६१ र अभिषेक शर्माले ४६ रन बनाएका थिए । बेङ्लोरका लागि युजेन्द्र चाहालले २ तथा मोइन अली र महोम्द सिराजले समान एक एक विकेट लिएका थिए ।