डेब्यु खेलमै मनिष डाँगीको गोल, रोमाञ्चक पहिलो हाफमा नेपाल पछाडी

नेपालले मैत्रीपूर्ण खेलमा इराकसँग प्रतिस्पर्धा गरिरहेको छ ।

बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा जारी खेलमा नेपालले पहिलो हाफमा इराकविरुद्ध ४-२ को हार बेहोर्दै छ ।

खेलको २९ औं मिनेटमा डेब्यु खेलाडी मनिस डाँगीले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाएका थिए ।

नेपालले सातौं मिनेटमा फ्री किक मार्फत पहिलो गोल खाएका थिए ।

८ औं मिनेटमा इराकका खेलाडीले आत्मघाती गोल गर्दै खेल बराबरीमा ल्याएको थियो ।

३८ औं मिनेटमा इराकका खेलाडीले गोल फर्काउदै खेल २-२ को बराबरीमा ल्याएको थियो ।

४० औं मिनेटमा फेरि इराकले गोल गर्दै ३-२ को अग्रता बनाउन सफल भएको हो ।

४५+१ औं मिनेटमा फेरि नेपालले इराकी खेलाडीको हेर्डरमा गोल खादै ४-२ बनाउन सफल भयो ।