डेनमार्कले २९ बर्ष पछि ईतिहास रचे

एजेन्सी, युरोपियन च्याम्पियनसिप अन्तर्गत क्वाटरफाइनलमा डेनमार्कले चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजय गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ।

डेनमार्कको जितमा डिलेनी र डोल्स्बर्गले एक एक गोल गर्दै जित दिलाए। चेक रिपब्लिकका लागि भने इस्चिकले सान्त्वना गोल फर्काए।

यो जितसंगै डेनमार्क युरोपियन च्याम्पियनसिपमा २९ बर्ष पछि सेमिफाइनल खेल्न जादैछ। सन १९९२ मा युरो कप उचाले यता चार संस्कर्णमा सेमिफाइनलमा स्थान बनाउन बिफल थिए।

यस्तै डेनमार्कले सेमिफाइनलका लागि उत्कृष्ट लयमा देखेका इंग्ल्यान्डको सामना गर्ने छ।