डेनमार्कको युरो कपमा नया किर्तिमान

एजेन्सी, युरोपियन च्याम्पियनसिप अन्तर्गत नकआउट चरणको पहिलो खेलमा डेनमार्कले वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्यो।

फराकिलो गोल अन्तरले जित्दै डेनमार्कले युरो कपमा नया रेकर्ड राखेको छ। युरोपियन च्याम्पियनसिपमा दुई खेलमा ४ गोल गर्ने डेनमार्क पहिलो टोलि बनेको छ।

डेनमार्कले वेल्सलाइ जिते पछि उक्त रेकर्ड बनाएको हो। यस अघि समूह चरणको अन्तिम खेलमा डेनमार्कले रसियालाई ४-१ गोल गरेका थिए।

समूह चरणका पहिलो दुई खेलमा हार व्योहोरेको । पहिलो खेलमा फिन्ल्यान्डविरुद्ध १-० गोलले पराजय भोगेका डेनमार्क दोश्रो खेलमा बेल्जियमसंग २-१ गोल अन्तरले हार्न पुगेका थिए।

डेनमार्कले चेक रिपब्लिक र नेदरल्यान्डसको बिजेतासंग क्वाटरफाइनल खेल खेल्ने छ।