डेनमार्कका मिड्फिल्डर क्रिश्चियन एरिक्सेन खेलको बिचमा लडे पछि खेल निलम्बित

एजेन्सी, युरो २०२० को ग्रुप ए को फिनल्याण्ड र डेनमार्क बिचको खेलको निलम्बित भएको छ। फिनल्याण्ड र डेनमार्क बिचको उक्त खेलमा डेनमार्कका मिड्फिल्डर क्रिश्चियन एरिक्सन खेलको बिचमा लडे पछि खेल निलम्बित भएको हो।

सो घटना खेलको ४३ औ मिनेटमा भएको हो। सो घटना भएको केही समयमा नै खेलाडीहरुले घेरा बनाइ एरिक्सनलागि छेकेका थिए। स्वास्थ कर्मीहरुले उनलाई सि.पि.आर गरेको पनि देख्न सकिन्थ्यो। डेनमार्कको कोपन्हेगन सहरमा भएको सो खेल निलम्बित भएको छ।२९ वर्षका मिडफिल्डर एरिक्सन इटालियन क्लब इन्टर मिलानका लागि खेल्छन्।