डीपीएल आठ महिनापछि हुने

धनगढी प्रिमियर लिग (डीपीएल) को चौथो संस्करण संस्करण आठ महिनापछि सरेर अक्टोबरमा आयोजना हुने भएको छ ।

धनगढी क्रिकेट एकेडेमी (डीसीए) को आयोजनामा हुने प्रतियोगिता निर्धारित तालिका अनुसार फेब्रुअरी १५ देखि २७ सम्म आयोजना हुने घोषणा गरिएको थियो।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको व्यस्त सत्रका कारण डीपीएल सार्नु परेको डीसीएका अध्यक्ष सुवास शाहीले बताए। फेब्रुअरीमा नेपालले एसिया कप छनोटको इस्टर्न रिजनमा खेल्दै छ। त्यसपछि नेपालले लगातार रुपमा क्रिकेट विश्वकप लिग २ का खेलहरु खेल्नु पर्ने भएकाले डीपीएल पछि सार्नु परेको जनाए।

गत वर्ष सीवाईसी अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गरी उपाधि जितेको थियो। अत्तरियाले उपाधिसँगैं ३० लाख पाएको थियो भने महेन्द्रनगरको भागमा १२ लाख परेको थियो। पहिलो दुई संस्करणको उपाधि टिम चौराह धनगढीले जितेको थियो।

@Kantipur

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ