डीपीएल अक्सनमा ७८ खेलाडी अनुबन्धित

रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको अक्सन शनिबार बेलुका सम्पन्न भएको छ । अक्सनमा समावेश कुल दुई सय ५ खेलाडी मध्ये अक्सनबाट ६६, स्थानीय ६ र मार्की ६ गरेर ७८ खेलाडी टोलीमा अनुबन्ध भएका छन् । अक्सनमा रहेका खेलाडीको न्युनतम ३० हजार देखि दुई लाख ५० हजार रुपैयाँ सम्म मुल्य राखिएको थियो ।

अक्सनबाट राष्ट्रिय टोलीमा रहेका खेलाडी र केही युवा खेलाडी महँगो मुल्यमा बिक्रि भएका छन् । ६ वटा फ्रेन्चाइज टोलीले ११÷११ जना खेलाडीलाई प्रतिस्पर्धाका आधारमा मुल्य लगाएका थिए । टोलीले एक एक जना ट्यालेन्ट हटका खेलाडी अनुबन्ध गरेका छन् ।

पछिल्लो समय घरेलु प्रतियोगितामा सानदार प्रर्दशन गर्दै आएका युवा खेलाडी पवन सर्राफ, भिम सार्की सर्वाधिकक महँगो मुल्यमा पाए । सर्वाधिक १० महंगा खेलाडीमा चार जना रुपन्देही च्यालेन्जर्सले किनेको छ । डीपीएलमा ६ जना खेलाडी सर्वाधिक दुई लाख ५० हजार रुपैयाँमा अनुबन्ध भए ।

सर्वाधिक मुल्य पाएका शीर्ष १० खेलाडीमा ललितसिंह भण्डारी रुपन्देही च्यालेन्जर्स दुई लाख ५० हजार, विनोद भण्डारी, रुपन्देही च्यालेन्जर्स दुई लाख ५० हजार, आरिफ शेख महेन्द्रनगर युनाइटेट दुई लाख ५० हजार, ललितनारायण राजवंशी काठमाडौं गोल्डेन्स दुई लाख ५० हजार र पवन सराफ धागढी स्टार्स दुई लाख ५० हजार रुपैयाँ छन् ।

यसैगरी भिम सार्की रुपन्देही च्यालेन्जर्स दुई लाख ५० हजार, प्रदीप ऐरी रुपन्देही च्यालेन्जर्स दुई लाख ४० हजार, सन्दीप जोरा सिवाईसी अत्तरिया दुई लाख ३० हजार, रोहित कुमार पौडेल महेन्द्रनगर युनाइटेड दुई लाख ३० हजार र भुवन कार्की सिवाईसी अत्तरिया दुई लाख १० हजार रुपैयाँ रहेको छ । डीपीएल आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुनेछ ।