डि लिग्तलाई पेरिस सेन्ट-जर्मेनको £३४०,००० प्रति हप्ताको प्रस्ताव

डि लिग्त फुटबलको सबै भन्दा बढी कमाउने खेलाडी मध्ये एक बन्न सक्ने देखिएको छ। फ्रेंच चैंपियन पेरिस एसजिले उनलाई भित्राउन ठुलो रकम खर्च गर्न तयार रहेको देखिन्छ। अयाक्स संगको उत्कृष्ट सिजन पछि डि लिग्त माथि धेरै क्लबको आँखा गएको छ, बार्सिलोना, लिभरपूल, म्यान्चेस्टर युनाइटेड जस्तो क्लब उनलाई साइन गर्न चाहन्छन तर उनले क्लब रोज्न भने सकेको छैनन्।


तर पिएसजि उनलाई साइन गर्न नजिक रहेको खबरहरु आएको छ, खबर छ कि १९ वर्षका डिफेंडरले पेरिस सेन्ट-जर्मेनलाइ रोज्ने छ। Guardianको अनुसार पेरिस सेन्ट-जर्मेनले उनको सामु £३४०,००० प्रति हप्ता ५ बर्सको प्रस्ताव राखिएको छ। त्यो हिसाबले उनि ५ वर्षको समयमा उनले £८५ मिलियन पाउने छन्।