डि लिग्ट रोनाल्डोसंग युभेन्टसबाट खेल्ने पक्का

आयाक्सका कप्तान माथ्थिज डि लिग्ट यूभेन्ट्स जाने भएका छन्। इटालियन च्याम्पियन युभेन्ट्सले लिग्टलाई ६७.५ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो।

गत सिजनमा १९ वर्षे लिग्टले आयाक्सलाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्याएका थिए।

त्यस सिजनको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा आयाक्सले युभेन्ट्सलाई पराजित गर्ने क्रममा लिग्टले निर्णायक गोल गरेका थिए। तर, सेमिफाइनलमा टोट्नहमसँग पराजित हुँदै आयाक्स बाहिरियो।

नेदरल्याण्ड्सका सेन्टर ब्याक लिग्टलाई म्यानचेस्टर युनाइटेड, बार्सिलोना र पेरिस सेन्ट जर्मनले पनि लिने इच्छा देखाएका थिए। तीन सिजन आयाक्समा बिताएका उनले डच कप जितेका थिए। उनले आयाक्सबाट २०१७ को यूरोपा कपको फाइनल समेत खेले।