“डि मारिया म्यान्चेस्टर युनाइटेडलाई धेरै घृणा गर्छन”

पिएसजीका गोलकीपर मार्सिन बुल्काले बताए कि उनका टिममेट एन्जल डि मारिया आफ्नो पुर्व टिम म्यान्चेस्टर युनाइटेडलाई धेरै घृणा गर्छन।

डि मारियाले युनाइटेडमा केहि समय बिताएका थिए अगस्टमा २०१४मा उनि रियल म्याड्रिडबाट £५९ मिलियन युनाइटेडमा आएका थिए तर एक वर्ष पछि उनि पिएसजीमा गए। उनको प्रदर्शन युनाइटेडमा बिर्सिने योग्य थियो।

पिएसजीका गोलकीपर मार्सिन बुल्काले खुलाएका छन् कि अहिले डि मारिया म्यान्चेस्टर युनाइटेडलाई धेरै घृणा गर्छन र उनीसँग युनाइटेडमा आफ्नो समयको केहि “राम्रो सम्झनाहरू” छैन।

“डि मारिया म्यानचेस्टर युनाइटेडलाई धेरै घृणा गर्छन,” बुल्काले फुट ट्रकलाई भने। “उहाँले युनाइटेडमा बिताएको समयमा केहि “राम्रो सम्झनाहरू” नरहेको भन्छन्।

“डि मारियाले म्यान्चेस्टर युनाइटेडलाई यति धेरै घृणा गर्छन कि जब म्यानचेस्टर युनाइटेड सम्बन्धित केही टेलिभिजनमा देखा पर्दछ, उनि चाँडै नै च्यानल परिवर्तन गर्छन।”