पिएसजीका स्टार विंगर एन्जल डि मारिय फ्रेन्च लिगको चार खेलको लागि प्रतिबन्धित भएका छन्। लिग १को खेलमा पिएसजी र मार्सेलीका खेलाडीहरु बीच झगडा हुन पुगेको थियो र सो खेल पछि केहि खेलाडीहरु प्रतिबन्धमा परेका थिए र दश दिनपछि डि मारिया पनि प्रतिबन्धमा परेका छन्।
Angel Di Maria has been banned for four matches in French football because he spat at a Marseille player in PSG’s fiery affair with them last week. 💧 pic.twitter.com/yzTeSX7YF6
— Football Tweet (@Football__Tweet) September 24, 2020
३२ वर्षीय अर्जेन्टाइन डि मारियाले मार्सेलीका डिफेन्डर अल्भारो गोन्जालेजलाई खेलको दौरान थुकेको आरोप लागेको थियो।दुवै टिमका खेलाडी एकआपसमा झगडामा उत्रिएको सो खेलमा पाँच खेलाडीलाई रातो कार्ड दिएको थियो। तर डि मारियालाई खेलमा कुनै कार्ड देखाइएको थिएन।
लिग वानले डि मारियालाई थुकेको कारण प्रतिबन्ध लगाएको ‘हो वा होइन’ स्पष्ट पारेको छैन। सिजन सुरूअघि पिएसजीका सात खेलाडीलाई कोरोना भाइरस देखिँदा डि मारिया पनि संक्रमित भएका थिए।
Di Maria given hefty suspension for spitting 😐
— Goal News (@GoalNews) September 24, 2020
खेलका दौरान पिएसजीका फरवार्ड नेइमारलाई भिडियो रिप्ले हेरेपछि रातो कार्ड देखाउने निर्णय गरिएको थियो। तर रेफ्रीले डि मारियाले थुकेको विषयमा त्यतिबेला रिप्ले हेरेका थिएनन्।
डि मारियाले सो खेल पूरा समय खेलेका थिए। खेलमा साविक विजेता पिएसजी १–० गोलले पराजित भएको थियो।
रातो कार्ड पाएर मैदान बाहिर निस्कने क्रममा नेइमारले आफूमाथि रंगभेद भएको आरोप लगाएका थिए। नेइमारले मार्सेलीका गोन्जालेजले रंगभेद गरेको कुरा फोर्थ अफिसियललाई जानकारी गराएका थिए।
पछि समाजिक सञ्जालमा पनि नेइमारले रंगभेदको आरोप दोहोर्याएका थिए। तर गोन्जालेजले भने आरोपको खण्डन गरेका थिए।