पिएसजीको विङ्गर डि मारियाले अर्जेन्टिनियन टिम मेट लिओनेल मेस्सी पेरिसमा आउने सम्भावना धेरै रहेको बताएका थिए र पिएसजीका स्टारको टिप्पणीबाट बार्सिलोना कोच रोनाल्ड कोम्यान खुसी छैनन् र उनले डि मारियाको आलोचना गरेका छन्।
Angel Di Maria said he wants Lionel Messi to sign for PSG 🙏
Ronald Koeman says he’s shown ‘a lack of respect’ 😡
That Champions League tie is going to be tasty 🍿 pic.twitter.com/Pzw9Vd0W4A
— Goal (@goal) February 4, 2021
डि मरियाको सो टिप्पणीबारे बार्साका कोचले भने: “म यसमा सम्मानको कमी देख्छु। ‘”यस्तो कुरा भन्न गलत छ, विशेष गरी च्याम्पियन्स लिगको खेल अगाडि।
“यो निष्पक्ष छैन, र अन्य क्लबका खेलाडीको बारेमा यस्तो कुरा गर्ने सम्मानजनक छैन, यो बार्सिलोनाप्रति अनादर हो।
🗣 | Koeman on Di Maria’s words about Messi joining PSG: “It is a huge disrespect from them to talk about a player that belongs to Barça, also thinking that we play them in 2 weeks”. pic.twitter.com/Rk1k5mTNGP
— La Senyera (@LaSenyera) February 3, 2021
“उनीहरू बार्सिलोनाका लागि खेल्ने लिओको बारेमा धेरै कुरा गर्छन्। यसबाहेक, हाम्रो उनीहरूको विरुद्ध खेल बाकी रहेको छ।”
गत महिना, पिएसजीका निर्देशक लियोनार्डोले पनि मेस्सी साइन गर्ने बारे बोलेका थिए र सोबाट पनि बार्सामा धेरै असन्तुष्टि रहेको थियो।