डि मरिया भन्छन “मेस्सी पिएसजीमा आउने सम्भावना धेरै छ”

एजेन्सी, पिएसजीको विङ्गर डि मारिया अर्जेन्टिनियन टिम मेट लिओनेल मेस्सी पेरिसमा आउने आशावादी छन।

पिएसजीको स्टारले मेस्सी बार्सिलोना छोडै पेरिस आउनेमा आशिर्वाद देखिन्छन।

उन्ले भने- “मलाइ आशा छ”। उन्लाइ मेस्सी पिएसजीमा आउने सम्भावनाकोबारे सोद्धा “धेरै सम्भावना छ। हामी शान्त भएर यो कुरालाई बिस्तारै बिकाश हुन दिनुपर्छ”।

डि मारियाको सम्झौता पिएसजीमा यसै जुनमा सकिदै छ। तर उनी आफु र नेय्मारले नया सम्झौता गर्ने जनाए।

“हामीले यो विषयमा छलफल गर्दै छौ। नेय्मार म भन्दा कान्छो भएको कारण उ संग पहिला कुरा गर्नु सामान्य हो।

“हामी दिन प्रती दिन कुरा गर्दै छौ र चादै यो बिषयको टुंगो लाग्ने छ। म पेरिसमा खुशी छु”।