डि-बक्स बाहिर हातले बल क्ल्येर गरे पछि अर्सेनलका गोलकिपरले पाए रातो कार्ड

मङ्गलवार रात प्रिमियर लिगमा अर्सेनलले वोल्भ्स विरुद्ध २-१को हारको सामना गरेको थियो। उक्त खेलमा  अर्सेनल ९ खेलाडीमा सीमित हुन पुगेको थियो।

पहिलो हाफमा डेभिड लुइजले रातो कार्ड खाए भने दोस्रो हाफमा अर्सेनलका गोलकिपर लेनोले निकै ठुलो गल्ती गर्दै रातो कार्ड पाए।

उनको तर्फ आउँदै गरेको बल क्ल्येर गर्ने क्रममा उनले हातले बल छोए र उनले पनि रातो कार्ड पाए। ९ खेलाडीमा सीमित रहेका अर्सेनल २-१ले हर्न पुगे।

खेलमा पेपेको गोलको मद्दतमा अग्रता लिए पनि अर्सेनलले पहिलो रातो कार्ड पाए पछि खेलमा अर्सेनल पछि पर्न पुगे।

अन्त्यमा अर्सेनलले वोल्भ्स विरुद्ध २-१को हारको सामना गरेको छ।