खाली पोस्टमा हुन लागेको गोल डिफेन्डरले यसरी बचाए

बुन्डेसलिगामा होफेनहाइम र वुल्फ्सबर्ग बिचको खेलमा वुल्फ्सबर्गका डिफेन्डर पाउलो ओटाभियोले खाली पोस्टमा गोल गर्नबाट विपक्षी स्ट्राइकरलाई निकै कडा ट्याकल गरेर रोके र उनले रातो कार्ड पाए। विपक्षी स्ट्राइकरको काउन्टर रोक्न उनले डि-बक्स बाहिर नै उनी माथि ओटाभियोले ट्याकल हाने।

खेलमा होफेनहाइमको २-१को अग्रता रहेको थियो र खेलको अतिरिक्त समयमा वुल्फ्सबर्गले कनर पाएको थियो र खेल २-२ गर्न राम्रो मौका रहेको थियो र वुल्फ्सबर्गका गोलकिपर पनि गोल गर्न होफेनहाइमको डि-बक्स पुगे तर कनर पछि बल होफेनहाइमले नियन्त्रणमा लियो र खाली पोस्टमा काउन्टरमा तेस्रो गोल गर्न होफेनहाइम निकै नजिक रहेको बेला वुल्फ्सबर्गका डिफेन्डर पाउलो ओटाभियोले होफेनहाइमका फोवार्ड दब्बुर डिपलाई ट्याकल गरे।

गोल गर्न अगाडी बढ्ने क्रममा डिफेन्डरले डिपलाई पछाडिबाट ट्याकल गरे जसको कारण डिफेन्डरले रातो कार्ड पाए। हाल उक्त घटनाको निकै चर्चा हुँदै गरेको छ भने सो समयको भिडियो भाइरल हुँदै गएको छ।

उक्त खेल होफेनहाइमले २-१ले जितेको थियो। धेरैले उक्त डिफेन्डरको प्रशंसा गरेका छन् भने होफेनहाइमका फोवार्डले गोल गर्न धेरै समय लिएको भनेर उनको आलोचना हुँदै गरेको छ।