डि-बक्स बाहिरबाट मेस्सीको यस्तो उत्कृष्ट गोल

लियोनेल मेस्सीले बार्सिलोना इलेवनमा फर्किए पछि तत्काल प्रभाव पार्न सफल भएका छन् र उनले हालै निकै उत्कृष्ट गोल गरेका छन्।

गएराति भएको प्रि-सिजनको मैत्रीपूर्ण खेलमा बार्सिलाेनाले जिरोनामाथि ३-१ गाेलकाे सहज जित निकालेकाे थियो सो खेलमा मेस्सी र फिलिप्पे काउटिन्हो गोल गरेका थिए।

जोन क्रुफ स्टेडियममा भएको खेलमा बार्सिलोनाको जितका लागि मेस्सीले दुई गोल गरे र उनले ४४ मिनेटमा आफ्नो दायाँ खुट्टाले गरेको उत्कृष्ट गोलको धेरै चर्चा हुन पुगेको छ।

३३ बर्षेका सुपरस्टारले डि-बक्स बाहिरबाट बल प्रहार गरे र सो शत निकै उत्कृष्ट गोल बन्यो।

पहिलो हाफमा अन्तिम मिनेटमा कप्तान मेस्सीले गोल गरे । उनले काउटिन्होको पासमा गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमा नै जिरोनाले गोल अन्तर घटाएको थियो । ४६ औं मिनेटमा जिरोनाका मिडफिल्डर सामुएलले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याएका थिए । तर, ५१ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे । उनले सर्जी रोबर्टोको पासमा गोल गर्दै बार्सिलोनालाई ३-१ गोलको सहज जित दिलाएका थिए ।

प्रशिक्षक रोनाल्ड कोम्यानले ६० औं मिनेटमा ९ खेलाडी परिवर्तन गर्दै युवा टोलीलाई मैदान उतारे । पछिल्लो टोलीले गोल निकाल्न नसकेपनि प्रदर्शनको तुलनामा भने सुधार ल्यायो । आक्रमणमा थप गति र शक्ति देखिएको युवा टोलीले लगातार अवसर भने सिर्जना गरेको थियो ।