डि-बक्स बाहिरबाट आर्सेनलको यस्तो उत्कृष्ट गोल

युरोपा लिगको खेलमा आर्सेनलले र्यापिड भियनालाई ४-१ पराजित गरेको थियो र सो खेलमा आर्सेनलका अलेक्जान्ड्रा लाकाजेटले निकै उत्कृष्ट गोल गरे।

खेलको नवौं मिनेटमा आर्सेनलका अलेक्जान्ड्रा लाकाजेटले पोस्टको ३० यार्ड टाढाबाट निकै शक्तिशाली शट प्रहार गरे जुन निकै राम्रो गोलमा परिवर्तन भयो। उनले प्रहार गरेको त्यो शट रोक्न गोलकिपरलाई लगभग असम्भव थियो।

खेलको नवौं मिनेटमै डि-बक्स भन्दा टाढाबाट उत्कृष्ट गोल गर्दै लाकाजेटले आर्सनललाई १-०को अग्रता दिलाएका थिए।

सो खेल आर्सेनलले ४-१ले जितेको थियो र सो खेलमा समर्थकहरूलाई स्टेडियम भित्र खेल हेर्न अनुमति दिइएको थियो। ८ महिना पछि खेलमा दर्शक फर्केका थिए र सो खेलमा २००० समर्थकहरूलाई स्टेडियम भित्र खेल हेर्न अनुमति दिइएको थियो।