डिबाला साइन गर्न यी दुइ प्रिमियर लीग टिम भिडदै

युभेन्टसका स्टार खेलाडी पाउलो डिबाला क्लब छोड्न सक्ने कुरा आउदै गर्दा उनको माथि थप क्लबहरुले चासो देखाएको छ र Marcaको अनुसार इङलिस क्लब टोटेनह्याम हट्सपर पनि उनलाई साइन गर्न प्रयास गर्ने छ।

युभेन्टसमा क्रिष्टियानो रोनाल्डोको आगमनसँगै २५ बर्षिय फरवार्ड डिबाला आफ्नो भविष्यलाई लिएर विचार गरिरहेको बताइन्छ । रिपोर्टअनुसार युभेन्टसका म्यानेजर मौरिजियो सारी डिबालाका लागि उचित प्रस्ताव आए उनलाई बेच्ने मनसायमा छन् । उता डायबलालाई अनुबन्ध गर्न अर्को इङलिस क्लब म्यानचेष्टर युनाइटेड पहिलेदेखि नै प्रयासरत छ ।

तर अहिले आएको नयाँ रिपोर्टअनुसार टोटेनह्याम पनि डिबालालाई अनुबन्ध गर्न तयार छ र त्यसका लागि उत्तरी लण्डन क्लबले युभेन्टससँग सम्पर्क पनि गरिराखेको बताइएको छ । भनिन्छ डिबालालाई अनुबन्ध गर्न टोटेनह्यामले क्लबको किर्तिमानी रकम तिर्न तयार छ ।

बृटिश वेबसाईट मिररका अनुसार डिबालाको वर्तमान मुल्य कम्तिमा पनि ८० मिलियन पाउण्ड हुने बताइएको छ । यद्यपि टोटेनह्यामका म्यानेजर मौरिसियो पोचेटिनो डिबाला लागि त्यति मुल्य तिर्न पनि तयार रहेको बुझिएको छ । स्मरण रहोस, पोचेटिनो पनि अर्जेन्टिनी नै हुन् ।

तर टोटेनह्यामले त्यसका लागि म्यानचेष्टर युनाइटेडसँग मात्र नभएर फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग पनि डिबालालाई अनुबन्ध गर्न प्रतिस्पर्धा गर्नुपर्ने मिररले रिपोर्ट प्रकाशित गरेको छ । भनिन्छ, डिबालालाई अनुबन्ध गर्न पिएसजी पनि इच्छुक रहेको छ ।