डिबाला युभेन्ट्समै रहने पक्का

इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले युभेन्ट्सका स्ट्राइकर पाउलो डिबालासँगको सम्झौता प्रक्रिया रद्द भएको जनाएको छ।

युनाइटेडले डिबालालाई ओल्ड ट्राफोर्ड भित्र्याउने र बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुलाई टुरिन पठाउने गरी सम्झौता प्रक्रिया अघि बढाएको बताएको थियो।

युभेन्ट्स पनि डिबालालाई फुकुवा गर्दै लुकाकुलाई क्लबमा अनुबन्धित गर्न इच्छुक देखिएको थियो। यद्यपि डिबालाले अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेका छैनन्।

राम्रा खेलाडीको खोजीमा रहेको युनाइटेडले प्रशिक्षक ओले गनर सोल्सजायरको सल्लाहमै अर्जेन्टिनी फरवार्ड डिबालालाई ओल्ड ट्राफोर्डमा स्वागत गर्ने योजना अघि सारेको थियो।

डिबाला २०१५ मा पालेर्माेबाट युभेन्ट्समा अनुबन्धन भएका थिए । गत सिजन उनले इटालियन सिरी ‘ए’ च्याम्पियनका लागि १० गोल गरेका थिए।

डिबालाले अक्टोबरमा च्याम्पियन्स लिगको समूहचरण पहिलो लेगको खेलमा युनाइटेडविरुद्ध एक गोल गरेका थिए।