डिबाला माथि दुई प्रिमियर लिग क्लबको नजर

युभेन्टसका स्टार पाउलो डिबाला साइन गर्न दुई प्रिमियर लिग क्लब इच्छुक रहेको खबर छ। क्लब सँग उनको सम्झौता विस्तारको कुरा अघि बढ्न नसक्दा उनलाई क्लबले बेच्न सक्ने वा उनी सँग अन्य खेलाडी साट्न सक्ने जानकारी छ।

हाल डिबालाको भविष्य क्लबमा अनिश्चित रहेको छ र प्रिमियर लिग क्लब चेल्सी र टोटेनह्याम, युभेमा उनको अवस्थाको निगरानी गर्दै गरेको खबर छ।

डिबाला र युभेन्टस बिचको सम्झौतामा १२ महिना मात्र बाकी रहेकी छ र उनलाई चाडै बेच्नु नै युभेन्टसको लागि फाइदा हुने छ।

हाल खबर अनुसार चेल्सी र स्पर्स उनीमा इच्छुक रहको छ र उनलाई £४८ मिलियनमा साइन गर्न इच्छुक हुने छ।

टोटनह्यामको नजर उनी माथि धेरै समय देखि रहेको छ। सिजन सुरु हुन अगाडी पनि स्पर्सले उनलाई साइन गर्न प्रयास गरेको थियो। हाल खबर अनुसार आउँदो विन्डोमा फेरी पनि स्पर्सले उनलाई साइन गर्न प्रयास गर्ने छ र चेल्सीले पनि उनको लागि प्रतिस्पर्धा गर्ने छ।