डिबाला भित्र्याउने दाउमा रियल मड्रिड

रियल मड्रिडले युभेन्ट्सका अर्जेन्टाइन स्ट्राईकर पाउलो डिबाला भित्र्याउने योजनामा रहेको छ । यसै सिजन रोनाल्डो रियल छोडेर युभेन्ट्स गए पछी रियल एक स्ट्राईकरको खोजीमा रहेको छ । यसको लागि उसले डिबाला भित्र्याउने प्रयास सुरु गरेको हो । रियल डिबालाको लागि युभेन्ट्स सामु ९० मिलियन डलरको प्रस्ताव गर्ने योजनामा रहेको छ ।

२५ बर्षिय डिबालालाई बिभिन्न क्लबहरुले भित्र्याउने प्रयास गरिरहेको छ । तर डिबाला आँफै भने रियल जान इच्छुक देखिन्छन् । युभेन्ट्सबाट खेलिरहेका डिबाला टिमको लागि निकै महत्वपूर्ण खेलाडी मानिन्छन् ।

तर युभेन्ट्सले आउदो समर ट्रान्स्फरमा आर्सनलका आरोन राम्सेले अनुबन्ध गर्ने भएकोले डिबाला युभेन्ट्स छोडेर रियल जाने सम्भावना रहेको ‘द सन’ ले जनाएको छ ।