डिबाला दिएर यी दुई मध्ये एक खेलाडी साइन गर्ने युभेन्टसको योजना

युभेन्टस आफ्नो स्टार पाउलो डिबालालाई बेच्न तयार हुने खबर छ। युभेले उनको प्रयोग गरेर अन्य खेलाडी साइन गर्ने योजना बनाएको जानकारी छ।

खबर अनुसार डिबाला सँग साट्नको लागि युभेले दुई खेलाडीलाई आफ्नो सुचीमा राखेको छ। युभेन्टसको नजरमा म्यान सिटीका गेब्रियल जेसुस र म्यान्चेस्टर युनाइटेडका पल पोग्बा रहेको खबर छ र दुई मध्ये एक साइन गर्ने युभेको चाहना छ भने सो चालको लागि युभेले डिबालाको प्रयोग गर्ने कुरा छ।

उक्त दुई स्टार मध्ये एक साइन गर्न युभेले प्रस्तावमा डिबाला पनि हाल्ने खबर छ। युभेन्टसले डिबाला सँग खेलाडी साट्ने वा डिबाला र केही रकमको प्रस्ताव पठाउने खबर छ।

 

गेब्रियल जेसुस बेच्न सिटी अनिच्छुक हुन सक्ने खबर रहेको छ र युभेन्टसको मुख्य लक्ष्य भने पोग्बा हुने जानकारी छ।