डिबाला दिएर बार्साका स्टार साइन गर्न युभेन्टस इच्छुक

युभेन्टस डिबाला सँग बार्सिलोनाका स्टार एन्टोनी ग्रिजम्यान साट्न इच्छुक रहेको खबर छ।

क्यारीरी डेलो स्पोर्टका अनुसार डिबालाको ट्युरिनमा अनुबन्ध विस्तार गर्ने कुरा सफल नहुँदा युभेले उनलाई बार्साका स्टार एन्टोनी ग्रिजम्यान सँग साट्न प्रयोग गर्न सक्छन्।

म्याड्रिडबाट क्याम्प नाउमा आए पछि उनको खेल धेरै राम्रो रहेको छैन भने उनी आलोचनाको सिकार हुने गरे पनि युभेन्टस उनलाई साइन गर्ने इच्छुक छन्।

मिरालेम प्यानिच र आर्थर मेलोको लागि दुई क्लब खेलाडी साट्ने सम्झौता गरेका थिए भने युभेको योजना डिबाला र ग्रिजम्यान सँग पनि सो प्रकारको सम्झौता गर्ने योजना रहेको कुरा छ।

दुवै क्लबहरूको नाम उक्त खेलाडीहरूसँग पहिले पनि जोडिएको थियो, तर हालको आर्थिक स्थितिको कारण असफल रहे भने क्लबहरू खेलाडी साट्नेमा इच्छुक हुन सक्ने छन् ।