युभेन्टस पेरिस सेन्ट-जर्मेन संग खेलाडी साट्ने सम्झौताको छलफल गर्दै गरेको खबर छ। खबर अनुसार युभे डिबाला दिएर पिएसजीका माउरो इकार्डी साइन गर्न चाहन्छन्।
Juventus could pursue a swap deal involving Paulo Dybala being sent to PSG in exchange for Mauro Icardi, claims CalcioMercato.
The swap would likely happen in the summer with Juve struggling to lock Dybala down to a new deal and the Turin side long-time admirers of Icardi. pic.twitter.com/7FLTexiUWL
— Goal (@goal) November 30, 2020
डिबाला हाल यस सिजनमा युभेमा राम्रो प्रदर्शन गर्न असफल हुदै आएका छन्। यस सिजन गोलको लागि युभे रोनाल्डो र मोराटाको निर्भरमा हुदै आएको छ। यो सिजन मोराटाले ८ गोल गरेका छन् भने डिबाला मात्र एक गोल गर्न सफल भएका छन् र खबर अनुसार युभेन्टसले उनलाई बेच्ने योजना बनाएको छ।
युभेन्टस हाल पिएसजीका स्टार इकार्डी साइन गर्न इच्छुक रहेको खबर छ उनलाई साइन गर्न युभे डिबालाको प्रयोग गर्न सक्ने पनि कुरा छ।
इकार्डी संग डिबाला साट्ने युभेन्टसको योजना हुन सक्ने कुरा छ। यद्यपि, डिबाला माथि पिएसजीको चासो रहेको नरहेको कुरा भने स्पष्ट छैन।
कोरोनबाट संक्रमित भए पछि डिबाला फिटनेस संग संघर्ष गर्दै आएका छन्, सो कारण पनि उनको प्रदर्शनमा असर परेको धेरैको विश्वास छ।