‘डिबाला क्लबमै रहे म खुसि हुने छु’

युभेन्टसका म्यानेजर सर्रीले डिबालाले युभेन्टस बाटै खेले आफु खुसि हुने बताएका छन्। डिबालाले क्लब छोड्ने हल्ला निकै ठुलो थियो र उनि म्यान्चेस्टर युनाइटेड वा टोटेनह्याममा जाने कुरा चल्दै थियो तर उक्त कुरा असफल हुँदा हाल उनि युभेन्टसमै छन् ।

उक्त विषयलाई लिएर युभेन्टसका म्यानेजर सर्रीले आफु खुसि रहेको बताए। डिबाला जस्तो खेलाडी आफ्नो टिममा रहेको कुरा राम्रो रहेको उनले बताए।

 

“डिबाला संग मैले मात्र दुई प्रशिक्षण सेसन गरेको छु, उनको बारे मेरो मूल्यांकनहरु अहिले असामयिक नै छ”

“हाम्रो टिममा धेरै राम्रो खेलाडीहरु छन् म सबैलाई क्लबमै राख्न चाहन्छु तर हामीले ६ खेलाडीलाई बेच्न पर्ने सक्ने छ”

“हाम्रो टिम धेरै ठुलो छ, च्याम्पियन्स लिगमा हाम्रो २२ खेलाडीको टोलि हुने हामीले केहि खेलाडी ‘अफ लोड’ गर्ने पर्ने छ”

“डिबाला क्लबमै रहे म खुसि हुने छु, तर भविष्य कस्तो हुने छ त्यो कोलाई थाहा हुदैन”