डिबालाले खेलको क्रममा बेन्चबाट कोम्यानलाई ट्रोल गरे पछि

च्याम्पियन्स लिगमा बार्सिलोनाले युभेन्टस बिरुद्ध ३-०को हारको सामना गरेको थियो। उक्त खेलमा कोम्यान आफ्नो टिमबाट खुसी थिएनन् भने उनि टच लाइनमा केहि क्रोधित देखिन्थे।

र उनलाई अझै क्रोधित बनाउने काम युभेन्टसका स्टार डिबालाले गरे। हाल सामाजिक संजालमा भाइरल हुदै गएको भिडियोमा डिबालाले खेलको क्रममा बेन्चबाट कोम्यानलाई ट्रोल गरेको देख्न सकिन्छ र सोबाट कोम्यान झन् क्रोधित भएको देखिन्छ।

२७ बर्सका स्टारले बार्साका कोच कोम्यानलाई ट्रोल गरेको भिडियो हाल धेरै भाइरल हुदै गएको छ। डिबाला उक्त खेलमा भने ८५ मिनेटमा प्रवेस गरे। सो खेल युभेन्टसले ३-० जितेको थियो र हाल युभे सो ग्रुपको विजेताको रुपमा अर्को चरणमा पुगेको छ।