डिबालालाई युभेन्टसले राख्यो बेच्ने सुचीमा

Juventus' Argentine forward Paulo Dybala celebrates after scoring a penalty during the Italian Cup (Coppa Italia) round of 16 football match Juventus vs Udinese on January 15, 2020 at the Juventus stadium in Turin. (Photo by Isabella BONOTTO / AFP) (Photo by ISABELLA BONOTTO/AFP via Getty Images)

युभेन्टसले आफ्नो स्टार खेलाडी डिबालालाई बेच्ने भएको छ। खबर अनुसार युभेन्टसले उनलाई आफ्नो ट्रान्सफरको सुचीमा राख्ने छ र उनको विकल्पको रूपमा अन्य खेलाडी साइन गर्ने छ।

खबर अनुसार डिबालाको ट्युरिनमा अनुबन्ध विस्तार गर्ने कुरा सफल नहुँदा युभेले उनलाई बेच्ने छ भने उनको प्रयोग गरेका अन्य खेलाडी साइन गर्ने कुरामा पनि युभे खुला हुने छ।  उनी सँग युभेले बार्साका स्टार एन्टोनी ग्रिजम्यान साट्न सक्ने पनि खबर रहेको छ भने राम्रो मूल्यको प्रस्ताव आए उनलाई युभेन्टसले बेच्ने जानकारी छ।

पाउलो डिबाला साइन गर्न धेरै क्लबहरू इच्छुक छन् र प्रिमियर लिग क्लब चेल्सी र टोटेनह्याम, युभेमा उनको अवस्थाको निगरानी गर्दै गरेको खबर छ।

टोटनह्यामको नजर उनी माथि धेरै समय देखि रहेको छ। सिजन सुरु हुन अगाडी पनि स्पर्सले उनलाई साइन गर्न प्रयास गरेको थियो। हाल खबर अनुसार आउँदो विन्डोमा फेरी पनि स्पर्सले उनलाई साइन गर्न प्रयास गर्ने छ र चेल्सीले पनि उनको लागि प्रतिस्पर्धा गर्ने छ।

हाल क्लबमा उनको फम राम्रो रहेको छैन भने यो सिजन उनले चोट सँग पनि संघर्ष गरेका छन्। हाल खबर अनुसार युभेले उनलाई बेच्ने निर्णय लिने छ।