डिबालाको विकल्पको रुपमा नयाँ स्ट्राइकर साइन गर्दै युभेन्टस

Juventus' Argentine forward Paulo Dybala celebrates after scoring a penalty during the Italian Cup (Coppa Italia) round of 16 football match Juventus vs Udinese on January 15, 2020 at the Juventus stadium in Turin. (Photo by Isabella BONOTTO / AFP) (Photo by ISABELLA BONOTTO/AFP via Getty Images)

युभेन्टस हाल नयाँ स्ट्राइकर साइन गर्न नजिक रहेको छ। पाउलो डिबालालाई चोट लागेपछि युभेन्टस हाल उनको विकल्पको खोजीमा छन् र खबर अनुसार जियानलुका स्कामाकालाई लोनमा साइन गर्न नजिक छन्।

जियानलुका जेनोवामा लोनमा थिए र यो महिना उनि आफ्नो क्लब ससुलोमा फर्केका छन् र उनलाई लोनमा साइन गर्ने युभेन्टस इच्छुक छन्।

अर्जेन्टिनाका स्टार डिबाला चोटबाट संघर्ष गर्दै छन् र युभेलाई नयाँ स्ट्राइकरको गम्भीर आवश्यकता रहेको छ।

युभे संग विकल्पको रुपमा मोराटा रहे पनि हाल उनि पनि केहि सानो चोट संग संघर्ष गर्दै आएका छन् र क्लब अर्को विकल्पको रुपमा २२ वर्षका जियानलुका स्कामाका साइन गर्ने योजनामा छन् र आउँदो ४८ घण्टा भित्र युभेले ट्रान्सफर पुरा गर्ने खबर छ।

युभेले उनलाई लोनमा साइन गर्ने र पछि सो ट्रान्सफर स्थायी बनाउने विकल्पको साथ सम्झौता गर्ने खबर छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ