म्यान्चेस्टर युनाइटेडको डिफेन्डर माथी रियल मड्रिडको नजर

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका फुल ब्याक डियोगो ड्यालट माथी स्पेनिश क्लब रियल मड्रिडको नजर परेको छ। रिपोर्टका अनुसार रियलका प्रशिक्षक कार्लो एन्सेलोटी उनलाई रियल भित्र्याउन इच्छुक छन्।

२२ वर्षका पोर्चुगिज राइट ब्याक ड्यालटले गत सिजन इटालियन क्लब ए.सि मिलानमा लोनमा बिताएका थिए। रिपोर्टका अनुसार रियल मड्रिडका प्रशिक्षक एन्सेलोटी ड्यालटका प्रशंसक हुन् र उनी एभर्टनका प्रशिक्षक हुँदा नै उनको नजर ड्यालट माथी रहेको थियो।
२२ वर्षका पोर्चुगिज राइट ब्याक ड्यालटले युनाइटेडका लागि ३५ खेल खेलेका छन् भने ए.सि मिलानका लागि ३३ खेल खेलेका छन्। हाल युनाइटेड पनि राइट ब्याककै खोजीमा रहेको देखिकाले युनाइटेडले नयाँ राइट ब्याक भित्र्याएको खण्डमा मात्र उनलाई बेच्न सक्ने सम्भावना रहेकोे छ।