डिफेन्डर बेचे पछि रियल म्याड्रिडका फ्यानहरु आक्रोशित

स्पेनिस क्लब रियल म्याड्रिडले आफ्नो निकै भर्पर्दो स्पेनिस लेफ्ट ब्याक, सर्जियो रेेेेेेेेेगुइलोनलाइ, टोटेन्ह्याममा बेचे पछि उक्त निर्णय देखि फ्यानहरु आक्रोसित भएका छन् ।

गत सिजन स्पेनिस क्लब सेभिल्लामा लोनमा उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई आफ्नो राष्ट्र स्पेनबाट खेल्न बोलाएको थियो ।

उनको उत्कृष्ट प्रदर्शनले सेभिल्लाले गत सिजन युरोपा लिग पनि जिते र प्रतियोगिताको उत्कृष्ट लेफ्ट ब्याक समेत बन्न सफल भयो ।

स्पेनिस पत्रीका मार्काले गरेको पोलको अनुसार ७० प्रतिशत फ्यानहरु उक्त कारोबारको बिरुद्ध रहेको छ भने, ६५ प्रतिशत फ्यानहरुले मार्सेलोको स्थानमा हुनु पर्ने मत ब्यक्ति गरे ।

रेगुइलोनका साथ साथै रियलले आफ्नो स्टार खेलाडी ग्यारेथ बेललाई पनि टोटेन्ह्याममा बेचेका छन् । बेल भने लोनमा गएका हुन् ।