डिफेन्डरले आफ्नो पोस्टमा यस्तो हास्यास्पद गोल गरे पछि

जर्मन क्लब साल्केको खराब फम अझै पनि जारी रहेको छ र लिगमा हर्ने क्रम रोकेको छैन। हाल साल्केको प्रदर्शनको धेरै चर्चा र आलोचना हुने गरेको छ भने शनिवारको बुन्डेसलिगा खेलमा पनि साल्केले हारको सामना गर्‍यो भने त्यो खेलको एक गोलको अहिले निकै चर्चा हुँदै छ जुन साल्केको ओन गोल रहेको छ।

वुल्फबर्ग विरुद्धको लिगमा साल्केले ५-०को हारको सामना गर्‍यो भने पहिलो गोल साल्केका डिफेन्डर शकोद्रन मुस्तफीले आफ्नै पोस्टमा गरे। डि-बक्स भित्र साल्केले बल क्ल्येर गर्दा मुस्तफीले जम्प गरे जसको कारण बल उनकै पोस्ट भित्र गयो।

पूर्व अर्सेनल सेन्टर-ब्याकले खेलको ३१औ मिनेटमा निकै हास्यास्पद गल्ती गरे जसको कारण साल्के १-०ले पछि पर्न पुग्यो।

हाल सामाजिक सञ्जाल उनको सो ओन गोलको धेरै चर्चा हुँदै गरेको छ। साल्केको खराब फम हाल निकै खराब फम रहेको छ र लिगमा अहिले सम्म साल्के एक खेल मात्र जित्न सफल भएको छ। वुल्फबर्ग संग खेल पनि साल्केले ५-० हरेको छ भने साल्केको लिगको सबैभन्दा तल रहेको छ।