डिपाए बार्सिलोनामा

एजेन्सी, बार्सिलोनाले नेदरल्यान्ड फरवार्ड मेम्पिस डिपाएलाइ अनुबन्धित गरेको छ। लियनसंगको सम्झौता सक्के पछि डिपाए फ्रि ट्रान्सर्फरमा बार्सिलोना गएका हुन।

बार्सिलोनाले पछिल्ला दुई ट्रान्सफरमा डिपाएलाइ भित्र्याउन चाहे पनि लियनसंग सम्झौता हुन नसक्दा बार्सिलोना उन्लाइ अनुबन्धित गर्न असफल भएको थियो।

म्यान्चेस्टर युनाईटेडका पुर्व स्ट्राइकर डिपाए बार्सिलोनासंग दुई बर्षको सम्झौता गरेका छन। उनी २०२३ सम्म क्लबका लागि खेल्ने छन।

बार्सिलोनाको गत लिगमा अग्रपंक्ति कम्जोर भए पछि उक्त स्थानमा केही सुधार गरेका छन। उनिसंगै आक्रमणमा अग्युरोलाई पनि अनुबन्धित गरिसकेका छन।

डिपाएले गत सिजन लियनका लागि ३७ खेल खेल्दा २१ गोल र अस्सिट गरेका थिए।