डिएगो फोरलनले लिए फुटबलबाट संन्यास

उरुग्वेका पूर्व स्टाइकर तथा म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी डिएगो फोरलनले व्यावसायिक फुटबलबाट संन्यास लिने घोषणा गरेका छन्।

४० वर्षिय फोरलनले ५२५ खेलमा २२२ गोल गरिसकेका छन्।
उनले संन्यासपछि भनेका छन्, “यो सजिलो छैन, म अब सक्दिन समयअनुसार चल्न । त्यसैले व्यावसायिक फुटबलबाट संन्यास लिने निर्णय गरेको छु ।”

उनको बिभिन्न क्लवसँग सफल केरियरः

म्यानचेस्टर युनाइटेड- ६३ खेल, १० गोल (२००२ – २००४)
एट्लेटिको मड्रिड- १३४, ७४ गोल (२००७ – २०११)
उरुग्वेको राष्ट्रिय टिम- ११२ खेल, ३६ गोल (२००२ – २०१४)