डिएगो कोस्टा प्रेमिएर लिग क्लब वुल्भ्स जाने तयारीमा

स्पेनिस स्ट्राइकर डिएगो कोस्टा इङलिस प्रेमिएर लिग क्लब वुल्भ्समा जाने तयारीमा छन् ।

एटलेटिको म्याड्रिडले भर्खरै जोओ फेलिक्स र अल्भारो मोराटा भित्र्याए पछि डिएगो कोस्टाले क्लब छोड्ने बुझिएको छ ।

निकै आक्रोशित स्ट्राइकर, जसको एजेन्ट जोर्ज मेन्डेज हुन, उनको वुल्भ्स र वुल्भ्सका मालिकसंग राम्रो सम्बन्ध रहेको छ ।

कोस्टाले चेल्सीबाट पनि केही सिजन खेले र त्यहाँ प्रेमिएर लिगको उपाधी पनि जित्न सफल भएका थिए ।