डिएगो कोस्टाले स्पेनको राष्ट्रिय टिमबाट नखेल्ने

स्पेन राष्ट्रिय टिमका फरवार्ड डिएगो कोस्टाले राष्ट्रिय टिमबाट नखेल्ने भएका छन्। डिएगो कोस्टाले व्यक्तिगत कारण देखाउँदै उनले युइएफए नेश्नल लिग नखेल्ने घोषणा गरेका हुन्।स्पेनले इंग्ल्यान्ड र क्रोएसियासँग युइएफए नेश्नल लिग खेल्दैछ। समूह ‘ए’ चारमा रहेको स्पेनले शनिबार इंग्ल्यान्डसँग खेल्दैछ।

एथ्लेटिको मड्रिडबाट व्यवसायीक फुटबल खेल्दै आएका २९ वर्षीय स्ट्राइकरको सट्टामा ३१ वर्षीय इयागो आस्पास टोलीमा परेका छन्।

लुइस एनरिकेको प्रशिक्षणमा स्पेनले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दैछ।

शुक्रबार घोषणा गरेको टोलीमा प्रशिक्षक एनरिकेले रूस विश्वकप खेलेका जोर्डी अल्बा, कोकेलाई टोलीमा राखेका छैनन्।

यसपटक चार जना चेल्सी खेलाडी पनि टोलीमा समावेश भएका छन्। मार्कोस अलान्सो, अल्भारो मोराटो, सेसर एज्पीलिक्वेटा र केपा अरिजबालागा समावेश छन्।

गोलकिपर पाउ लोपेज, जोसे गाया र डेन कबेलोस डेब्यूको प्रतिक्षामा छन्।

लुइस एनरिकेको प्रशिक्षणमा स्पेनले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो।