डर्ट्मुन्डमाथी फेरि आयाक्सको रामधुलाइ

आयाक्स युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

बुधबार राति भएको समूह चरणको चौथो खेलमा जर्मनीको बोरुसिया डर्टमुन्डलाई ३–१ गोलले हराउँदै आयाक्स अघिल्लो चरणमा प्रवेश गरेको हो । यस अघि पनि आयाक्सले आफ्नो घरेलु मैदानमा डर्ट्मुन्डलाई
४-० गोल अन्तरले पराजित गरेको थियो ।

डर्टमुन्डको मैदानमा आयाक्सलाई जिताउन डुसान टेडिक, सेबास्टन हलर र डेभी क्लासेनले एक–एक गोल गरे । डर्टमुन्डका मार्को रेउसले एक गोल गरे ।

खेलको २९औँ मिनेटमा नै डर्टमुन्ड १० खेलाडीमा सीमित बनेको थियो । डर्टमुन्डका म्याट्स हुमेल्सले रातो कार्ड पाएका थिए । खेलको ३७औँ मिनेटमा रेउसले पेनाल्टीमा गोल गरेपछि घरेलु टिमले सुरुआती अग्रता बनाएको थियो ।

दोस्रो दोस्रो हाफमा भने आयाक्स खेलमा फर्किँदै जित दर्ता गर्‍यो । खेलको ७२औँ मिनेटमा टेडिकले गोल गर्दै आयाक्सलाई बराबरीमा फर्काए ।

खेलको ८३औँ मिनेटमा हलर र इन्ज्युरी समयमा क्लासेनले गोल गरेपछि आयाक्सले ‘कमब्याक’ जित निकालेको हो ।

जितसँगै समूह ‘सी’ विजेता बन्दै आयाक्स अघिल्लो चरणमा प्रवेश गरेको हो । उसले लगातार चार खेलमा जित निकाल्दै १२ अङ्क जोड्यो । डर्टमुन्ड भने ६ अङ्कका साथ दोस्रो स्थानमा छ ।