डर्ट्मुण्डले तोक्यो बेलिङहमको मुल्य

एजेन्सी । बोरुसिया डर्ट्मुण्डले मिडफिल्डर जुड बेलिङहमको मूल्य तोकेको छ । डर्ट्मुण्डले इंग्लिस स्टारको मूल्य १०२ मिलियन पाउण्ड तोकेको जनाएको छ ।

बेलिङहमको सम्झौता डर्ट्मुण्डमा तीन वर्ष बाकी रहेको छ । आगामी सिजन लिभरपुल र रियल म्याड्रिड जस्ता क्लबले बेलिङहमलाई प्रस्ताव गर्ने सम्भावना बलियो छ ।

१८ वर्षे मिडफिल्डरले डर्ट्मुण्डका लागि ८९ खेलमा १० गोल र १८ अस्सिट गरेका छन ।

उनले २०२० मा २५ मिलियनमा बर्मिङ्हमबाट डर्ट्मुण्ड पुगेका थिए ।

त्यस्तै, उनले गोल्डेन ब्याइ पनि अवार्ड जितिसकेका छन । यो अवार्ड २१ वर्ष भन्दा मुनिका खेलाडिलाई फिफाले प्रदान गर्दै आएका छन ।

यस्तै, लिभरपुलका प्रशिक्षकले यर्जन क्लोपले उनलाई आफ्नो मुख्य प्राथमिकता राखेको छ ।