डर्टमन्ड आफ्नो स्टार खेलाडी बेच्न तयार हुने

बोरुसिया डर्टमन्ड आफ्नो स्टार विंगर जेडन सान्चोलाई बेच्न खुल्ला रहेको खबर छ। इटालियन रिपोर्टर फाब्रिजियो रोमानोका अनुसार जर्मन क्लब डर्टमन्ड आफ्नो स्टार खेलाडी बेच्न तयार हुने छ। खबर अनुसार राम्रो प्रस्ताव आए डर्टमन्डले उनलाई बेच्ने छ।

गत सिजन प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले उनलाई साइन गर्न धेरै प्रयास गरेको थियो। डर्टमन्डले माग गरेको रकम युनाइटेड तिर्न अनिच्छुक रहेको थियो भने दुई क्लब बिच धेरै वार्ता भए पनि सो ट्रान्सफर असफल रहेको थियो।

हाल खबर अनुसार डर्टमन्ड उनलाई बेच्न खुल्ला हुने छ र उनको मूल्य पनि केही घट्ने छ। डर्टमन्डले उनको लागि €१२० मिलियन भन्दा कम रकम माग्ने जानकारी छ।

डर्टमन्ड उनलाई बेच्न तयार हुने भए पछि धेरै क्लबको नजर उनी माथि रहेको खबर छ। म्यानचेस्टर युनाइटेडले फेरी पनि उनलाई साइन गर्न प्रयास गर्न सक्ने चर्चा छ। गत सिजन लिभरपुल पनि उनी माथि इच्छुक रहेको थियो।